महिला स्वास्थ्य स्वयंसेविकाको सेवा र समय दुवै महत्त्वपूर्ण
पाेखरा | जेठ ४, २०८०
पोखरा: पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामाग्री वितरण तथा वृहद भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामाग्रीहरू वितरण गरिएको हो ।
सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्त्वपूर्ण रहेको बताए । “आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, प्रमुख आचार्यले भने, निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।” सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताएका छन् ।
महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताए । “स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो, उनले भने, आगामी आव देखी यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।” स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनी बताउँछन् ।
उप प्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउँछिन् । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गरिन ।
पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वयंसेविकाहरूलाई आवश्यक सामाग्रीहरूको व्यवस्था गरिनु पर्ने बताएका छन् । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामाग्रीहरू सहित सेवा निवृत्त पश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नु पर्नेमा जोड दिए । यस्तै वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको बताउँछन्।
महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्थाहरू विश्वासिला र भरपर्दा बनाउनु पर्ने समेत बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि निकै ठुलो योगदान गर्ने गरेका छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

